‘हेम सरिता पाठक फाउण्डेसन’द्वारा भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिताको घोषणा

काठमाडौं। अमेरिकामा बसोबास गर्दै आएका समाजेवी हेम र सरिता पाठकले भ्रष्टचारविरुद्धको गीत प्रतियोगिता गर्ने घोषणा गरेका छन् । हेम सरिता पाठक फाउण्डेसन मार्फत उनीहरुले विजेताmलाई १ हजार डलर पुरस्कार गरिने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको गीतको उत्कृष्ट शब्दलाई प्रतियोगितामा पुरस्कृत फाउण्डेसनले जनाएको छ ।
जसका लागि २०७७ मङ्सिर मसान्तसम्म गीत पठाइसक्नुपर्ने जनाएको छ । गीत भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ

यस अघि फाउण्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा गरिसकेको छ।

फाउण्डेसनले गीतसंगीत, पत्रकारिता, साहित्य, अभिव्यक्तिलगायत क्षेत्रमा समेत पुरस्कृत गर्दै आएको छ ।

भाग लिन चाहानेहरुका लागि यस्ता छन् नियमहरु

१. आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२. गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत: अस्वीकृत हुनेछन् ।

४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन्। एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।

६‍. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८.गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।

९. पुरस्कार : नगद १ हजार । (युएसडलर) प्रमाणपत्रसहित हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

 

थप जानकारीका लागी यहाँ सम्पर्क गर्न सकिने छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?