चीन-भारत सीमा विवाद : भारतीय रक्षा मन्त्री रुस प्रस्थान

काठमाडौं । भारतीय रक्षा मन्त्री राजनाथ सिंह बुधवार तीन दिनको रुस यात्रामा निस्किएका छन् ।

त्यहाँ उनी एससीओ समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त मिटिङमा चीनका रक्षा मन्त्री पनि सहभागी बन्ने बताइएको छ । पछिल्लो समय भारत र चीनबीचमा लगातार तनाव जारी छ ।

२९/३० अगस्टको राती भएको हिंसात्मक झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएको बताइएको छ ।

त्यो भन्दा पहिला १५ जूनमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंसात्मक झडपका बेला उनी रुस जानुलाई महत्वका साथ हेरिएको छ ।

विज्ञहरुले उनको रुसको यात्रा मात्र एससीओ समिट हुन नसक्ने आँकलन गरेका छन् । उनी पहिलो लद्दाखको झडपका बेला पनि रुस पुगेका थिए ।

जहाँ उनले हतियारहरु किन्ने सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो भ्रमणमा पनि पहिलेको सम्झौतामा केहि चाँडो गर्न सक्ने प्रस्ताव उनले रुस सरकारसँग राख्न सक्ने आँकलन गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?