काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ६१ हजार १३६ जनाको मृत्यु भएको छ भने २ करोड ५८ लाख ९८ हजार २७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ८१ लाख ९१ हजार १४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ५५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १ लाख ८८ हजार ९०० जनाको मृत्यु भएको छ भने ६२ लाख ५७ हजार ५७१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३४ लाख ९६ हजार ९१३ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै २५ लाख ७१ हजार ७५८ जना उपचाररत छन् । त्यस्तै १५ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा १३ हजार १६५ जनाको मृत्यु भएको छ भने ७ लाख १६ हजार ६४९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ४७ हजार ६८८ जनालाई संक्रमण भएका छन् भने १३ हजार ६१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ६ लाख ३१ हजार ४० जनालाई संक्रमण भएको छ भने ११ हजार ३७९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मंगलवार मात्रै ४१ हजार ९७९ जना संक्रमित थपिएका छन् भने १ हजार १६४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया