कोरोना कहर : भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमित र मृतक, मंगलवार मात्र यति धेरै

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ६१ हजार १३६ जनाको मृत्यु भएको छ भने २ करोड ५८ लाख ९८ हजार २७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ८१ लाख ९१ हजार १४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ५५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ३७ लाख ६६ हजार १०८ जनालाई संक्रमण भएको छ भने ६६ हजार ४६० जनाको मृत्यु भएको छ ।

त्यस्तै २८ लाख ९९ हजार ५२१ जना संक्रमण मुक्त भएका छन् भने ८ लाख १२७ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा मंगलवार मात्रै ७८ हजार १६९ जना संक्रमित थपिएका छन् भने १ हजार २५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?