अमेरिकामा कोरोना भयावह कायमै : बितेको २४ घण्टामै थपिए १२ हजार बढी संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५७ हजार ४ सय ३९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५७ लाख ७५ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ८० लाख ४५ हजार ८ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८८ हजार २७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २४ हजार ४ सय ३५ पुगेको छ ।

हालसम्म ३४ लाख ६१ हजार ४ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ९१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?