काठमाडौं । नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा ओलम्पियन जितबहादुर केसी कोरोना भाइरसबाट संक्रमित भएका छन् । केसीका छोरा मदनकुमार केसीले समाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
म्याराथन धावक जितबहादुुरले १९७३ मा फिलिपिन्समा भएको एशियाली ट्रयाक एन्ड फिल्ड इन्भेन्टस्मा स्वर्ण जितेका थिए ।
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको यो पहिलो पदक हो । उनले १९७२ मा म्युनिख ओलम्पिकमा समेत सहभागिता जनाएका थिए । खेलाडी जीवनबाट सन्यास लिएपछि उनले लामो समय प्रशिक्षणमा बिताए । कोरोना महामारी सुरु हुनअघिसम्म पनि उनी खेलकुदमा सक्रिय नै थिए ।
एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा, चर्चित धाविक कान्छिमाया कोजुलगायत खेलाडी, खेलकर्मी तथा प्रशिक्षकहरुले केसीको सिघ्र स्वास्थलाभको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया