अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ६० लाखभन्दा बढी

न्यूयोर्क । विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ संक्रमण पुष्टि भएका कूल संक्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा संक्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।

चीनको वुहानमा कोभिड–१९ संक्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो संक्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलवारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकापछि बढी संक्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा संक्रमण देखिएको छ भने तेस्रो धेरै संक्रमित संख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।

सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा संक्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ ।

ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा संक्रमण दर घटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?