रजौरी । प्रधानमन्त्री आवास (पीएमवाई) योजना अन्तर्गत भारतको राजौरी जिल्लामा १२ हजारलाई घर निर्माणका लागि पहिलो किस्तावापतको ५० हजार रुपैयाँ दिइएको छ ।
‘हामीले शतप्रतिशत कभरेज राख्ने लक्ष्य लिएका छौँ,’ रजौरीको जिल्लाको ग्रामीण विकास विभागका सहायक आयुक्त सुशील कुमार खजुरियाले भने । जिल्लाको १२,००० मानिसलाई पहिलो किस्ता दिइएको छ ।
‘पीएमएवाई पहलले मानिसहरूलाई जम्मू कश्मीर प्रशासनको सहयोगमा आफ्नै घरहरू निर्माण गर्न सहयोग गरिरहेको छ । यो गरिबहरूका लागि ठूलो राहत हो किनभने उनीहरू पक्की घरहरूमा सुरक्षित रूपमा बस्न सक्ने छन्’ खजुरियाले भने ।
यसअघि आफ्नै घर बनाउन नसक्ने नागरिक र आर्थिक स्थिति कमजोर भएका कारण सरकारले उनीहरुलाई घर निर्माणमा अनुदान उपलब्ध गराइरहेको छ । हाल १५ वटा घर निर्माणको क्रममा छन् । हामी आगामी दुई वर्षमा सबै कच्चा घरहरू पक्की घरमा रूपान्तरण गर्ने आशामा छौँ खब्बीरले भने ।
खब्बीरले थप जानकारी दिए कि ‘प्रशासनले स्वच्छ भारत मिशन (एसबीएम) अन्तर्गत प्रत्येक नयाँ घरको निर्माणसहित बाथरूमहरू पनि बनाउने निर्णय गरेको छ । पीएमएवाई योजना अन्तर्गत पहिलो किस्तमा ५० हजार प्राप्त भएको छ । एसबीएमअन्तर्गत १२,००० रुपैयाँ थप रकम पाउने छन्’ खब्बीरले भने ।
राजौरी जिल्लाका एक लाभग्राही मोहम्मद रजाकले विशेष गरी वर्षाको समयमा छतमुनि बसेको गुनासो गरे । पहिलो किस्ता पाएपछि रजाकले भने, ‘जम्मू कश्मीर प्रशासनले कंक्रिट घर बनाउन पैसा दिएर हामीलाई सहयोग गरेको छ ।’
धनगरी पञ्चायतका सरपंच धीरज शर्माले जम्मू जिल्लामा घर निर्माण गर्ने अधिकतम लक्ष्य रहेको जानकारी दिए ।
पीएमएवाई योजनाको विस्तृत विवरणमा शर्माले भने, ‘यस योजनाले लाभान्वितका लागि विभिन्न तहमा काम गर्दछ । उनीहरूले आफ्नो पहिलो किस्ता प्राप्त गरे जुन उनीहरूले आफ्नो घरको निर्माण सुरु गर्न मद्दत पुर्याउँछन् र समयसँगै बाँकी किस्ताहरू पनि पाउँछन् ।’
यस पछि, एक ग्राम रोजगार सेवक (जीआरएस) ले निर्माण स्थलको अवलोकन र समीक्षा गरेको छ । शर्माले भने, ‘यसले हामीलाई दिइएको पैसाको विकास र प्रयोगमा ध्यान दिन मात्र मद्दत गर्दैन तर लाभग्राहीले किस्ता पाइरहेको छ भन्ने कुरा पनि सुनिश्चित गर्दछ ।’
कोभिड-१९ का कारण निर्माण कार्यमा बाधा पुर्याएको छ । लकडाउन खुलेपछि द्रुत गतिमा निर्माण गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया