लकडाउनका कारण समस्यामा परेका नागरिकलाई युवाहरुको सहयोग

काठमाडौं । कोरोना रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका बेला मजदुर वर्गमा परेको असर कम गर्न युवाहरुको भूमिका महत्वपूर्ण रह्यो ।

यसैक्रममा एक युवा विनयजंग बस्नेत जसले लकडाउनको अवधिमा धेरै श्रमिक, मजदुर तथा समस्यामा परेका नागरिकहरुलाई सडकमा खाना खुवाइरहेका छन् । साथै उनलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुले समेत उक्त कामको मूल्यांकन गर्दै सहयोग उपलब्ध गराइरहेको छ ।

यसैक्रममा द राइजिङ टिम मनमैजुले उनको समुहलाई सहयोग उपलब्ध गराएको छ । टिमका संयोजक सुरेश डंगोलको नेतृत्वमा मंगलवार चामल,तेल दाल लगायत अन्य खाद्य वस्तुहरु हस्तान्तरण गरेका हुन् ।

संयोजक डंगोलले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने बस्नेतको कामको प्रशंसा गर्दै आफूले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै डंगोलले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?