काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट बितेको २४ घण्टामा एकजना चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २ – २ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
पर्सामा ५३, ८० र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षिया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ५ सय १६, बाग्मती प्रदेशमा ४ हजार ९ सय ६ र गण्डकी प्रदेशमा ५ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९३, कर्णाली प्रदेशमा ३ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९७ जना गरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना उपचाररत रहेका छन् ।
प्रदेश नम्बर १ मा ५ सय ४४, प्रदेश नम्बर २ मा ४ हजार ९१, बागमती प्रदेशमा २ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २३, कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३३ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन् ।
प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा २९ जना, बाग्मती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर ५ मा १३ गरी देशभरी १ सय २७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै बाग्मती १४ जना र प्रदेश नम्बर ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
७ सय ६८ जना संक्रमित पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १ हजार ६ सय २५, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ९७, बाग्मती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना गरी २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन् ।
क्वारेन्टाईनमा ७ हजार ३ सय ९० जना रहेका छन् ।
बितेको २४ घण्टामा कहाँ कति थपिए संक्रमित स्वास्थ्य मन्त्रालयको यो ग्राफमा हेर्नुहोस् :



![]()



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया