पर्सामा कोरोनाको कारण एकैदिन ३ जनाको मृत्यु

काठमाडौं । पर्सामा कोरोनाको कारण एकैदिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ३ जना ५३, ८० र ६० वर्षीय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टमा थप पर्साका तीन जनासहित देशभर ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित महोत्तरीकै ३७ वर्षीय पुरुष, सिरहाको ६५ वर्षीय पुरुष, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौंका ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ५५ प्रतिशत अर्थात २२ हजार १ सय ७८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा थप ७ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?