पञ्चतत्वमा बिलिन भए पूर्व भारतीय राष्ट्रपति प्रणव मुखर्जी (भिडियोसहित)

काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज अन्त्येष्टि गरिएको छ ।

विगत एक महिना यता बिरामी भएर’दिल्लीस्थित आर्मी अस्पतालमा उपचाररत उनको हिजो (सोमवार) अस्पतालमै उपचारका क्रममा निधन भएको थियो ।

अगस्ट १० तारिखमा उनी बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहि दिन उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

उनको आज कोरोना प्रोटोकलका अनुसार अन्तिम संस्कार गरिएको हो ।

उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?