अमेरिकामा अब चाँडै कोरोनाविरुद्धको भ्याक्सीन पाउन सकिने !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

लाखौँ मानिसहरु हरेक दिन यस भाइरसबाट संक्रमित भएका छन् भने हजारौँ मानिसहरुको निधन भईरहेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म पूर्ण सफलता पाउन सकेका छैनन् ।

यसैबीच अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सीन अब चाँडै पाउन सकिने बताइएको छ ।

ट्रम्प प्रशासनले अब छिटै नै कोरोनाविरुद्धको भ्याक्सीनलाई मञ्जुरी दिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाको खाद्य एवं औषधि प्रशासन विभागका प्रमुख स्टीफन हनका अनुसार तेश्रो चरणको ट्रायलमा राम्रो आए लगत्तै त्यसपछि कोरोनाविरुद्धको भ्याक्सीन दिन शुरु गरिने छ ।

अमेरिकामा एस्ट्रजेनेका, मोर्डना र फीजर नामक तीन कम्पनीहरु भ्याक्सीनको तेश्रो चरणको ट्रायलमा छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?