काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५४ हजार ६८५ जनाको मृत्यु भएको छ भने २ करोड ५६ लाख ३२ हजार २०३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा अहिलेसम्म १ लाख ८७ हजार ७३६ जनाको मृत्यु भएो छ भने ६२ लाख ११ हजार ७९६ जनालाई कोरोना संक्रमण भएको छ ।
३४ लाख ५६हजार २६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६७ हजार ७९७ जना उपचारत छन् । त्यस्तै १५ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १३ हजार २० जनाको मृत्यु भएको छ भने ७ लाख १२ हजार ३५१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ४२ हजार ७२१ जनालाई संक्रमण भएको छ भने १२ हजार ९०८ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख २३ हजार ४७१ जनालाई संक्रमण भएको छ भने ११ हजार १८९ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा सोमवार मात्रै ३८ हजार ५६० जनालाई संक्रमण भएको छ भने ५१२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया