कोरोना कहर : भारतमा सोमवार विश्वमै सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५४ हजार ६८५ जनाको मृत्यु भएको छ भने २ करोड ५६ लाख ३२ हजार २०३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६५ हजार ४३५ जनाको मृत्यु भएको छ भने ३६ लाख ८७ हजार ९३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ३७ हजार ३७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । भारतमा सोमवार मात्रै ६८ हजार ७७० जना संक्रमित थपिएका छन् भने ८१८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?