काठमाडौं । कोरोना संक्मणको हिसावले नेपाल विश्वको ६१ औँ स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३७ हजार ४ सय ६० पुगेको छ । हालसम्म नेपालमा कोरोको कारण २ सय २८ जनाको ज्यान गएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोेखिम बढिरहेको छ । हालसम्म कुल कोरोना संक्रमितको ५४ प्रतिशत अर्थात २१ हजार ४ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणको कारण ८ लाख ५१ हजार ६ सय ३५ जनाको ज्यान गएको छ । भने हालसम्म विश्वभरका २ करोड ५४ लाख ५१ हजार ९ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया