कोरोनाबाट इण्डोनेशियामा एक सय डाक्टरको निधन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोराना विरुघको भ्याक्सीन बनाउन वैज्ञानिक ओरात्र खटिए पनि हालसम्म पूर्ण सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण इण्डोनेशियामा १०० डाक्टरको निधन भएको छ ।

इण्डोनेशियामा अहिलेसम्म कोरोना भाइरसका कारण ७ हजार ४१७ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ७९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यहाँ १ लाख २५ हजार ९५९ जना संक्रमण मुक्त भएका छन् भने ४१ हजार ४२० जना उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ७४ जनाको मृत्यु भएको छ भने २ हजार ७४३ जना संक्रमित थपिएका छन् ।

इण्डोनेशियामा मृत्यु भएकाहरु मध्ये १०० जना डाक्टरहरु रहेको इण्डोनेशिया सरकारले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?