डा.भोला रिजाल र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । डा. भोला रिजाल र उनकी पत्‍नीमा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेका डा रिजालमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

उनले शनिवार कोरोना परीक्षण गरेका थिए ।

त्यस्तै आज नै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा पनि कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?