काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना भाइरसका कारण निधन भएको छ । सोमवार साँझ उनको ८४ वर्षको उमेरमा मृत्यु भएको हो ।
केहि दिन यता बिरामी रहेका उनी आर्मी अस्पतालमा उपचाररत थिए । साथै उनी कोरोना संक्रमित पनि थिए ।
साथै उनको सर्जरी पनि गरिएको थियो ।यसको जानकारी उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् ।
With a Heavy Heart , this is to inform you that my father Shri #PranabMukherjee has just passed away inspite of the best efforts of Doctors of RR Hospital & prayers ,duas & prarthanas from people throughout India !
I thank all of You 🙏— Abhijit Mukherjee (@ABHIJIT_LS) August 31, 2020
उनको केहि समय अगाडि मात्र ब्रेन सर्जरी गरिएको थियो । उनी स्वास्थ्यमा समस्या भएपछि १० अगस्टमा दिल्लीको आर्मी अस्पतालमा भर्ना भएका थिए ।
त्यहाँ स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रप ितबनेका थिए ।
उनलाई सन् २०१९ मा भारत रत्नबाट सम्मानित गरिएको थियो । उनको निधनले सारा भारतमा निरशा छाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधन प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
During his political career that spanned decades, Shri Pranab Mukherjee made long-lasting contributions in key economic and strategic ministries. He was an outstanding Parliamentarian, always well-prepared, extremely articulate as well as witty.
— Narendra Modi (@narendramodi) August 31, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया