काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ वर्षिया बालिकासहित ३ जना महिला र ४ जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीमा ४ वर्षिया बालिका, गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षिय, रौतहटमा ४० वर्षिय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

यसैबीच नेपालमा थप ८ सय ९९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय २९ वटा स्वाबको पीसीआर परीक्षणमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जना गरी ८९९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा मात्रै १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएको छ ।
आजसम्म जम्मा ६ लाख ९३ हजार ४ सय ७२ पीसीआर परीक्षण भएकोमा ३९ हजार ४ सय ६० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
नेपालमा हिजो (आईतवार) १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसरी आजसम्म कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ७०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।
हालको अवस्थामा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर १ मा ५ सय १०, प्रदेश नम्बर २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेकाछन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन् ।
जसमा प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा १, प्रदेश नम्बर २ मा १३ र बामगती प्रदेशमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
आज ७ हजार ३ सय ३७ जना क्वारेन्टाईनमा रहेका छन् ।
यस्तै सरकारले कोरोनाको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ । यसअघि ५ हजार ५ सयमा पीसीआर परीक्षण हुँदै आएको थियो ।
स्वाब संकलन गरी सोही ल्याबमा परीक्षण गर्दा बढीमा ४ हजार रुपैयाँ खर्च लाग्ने छ । तर स्वाव संकलन गरी ल्याबले परीक्षणका लागि अर्को ठाउँमा पठाउँदा ४ हजार ४ सय रुपैयाँ खर्च लाग्ने छ । जसमध्ये ४ हजार परीक्षण गर्ने ल्याबलाई दिनुपर्ने छ भने, ४ सय स्वाव संलकन गर्ने ल्याबको लाग्ने खर्च हो ।
५०० भन्दा बढी सकिय्र संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेको छ ।
काठमाडौं
ललितपुर
पर्सा
महोत्तरी
रौतहट
मोरङ
बारा
सर्लाही
धनुषा
चितवन
रुपन्देही
सुनसरी
हाल कोरोना संक्रमित नभएका २ जिल्ला
मुस्ताङ
हुम्ला
यो चार्टमा हेर्नुहोस् :

स्वास्थ्य मन्त्रालयको यो चार्टमा हेर्नुहोस् पछिल्लो २४ घण्टामा कहाँ कति थपिए संक्रमित ?




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया