रौतहट । ईशनाथ नगरपालिका-७ सानो घ्युरा वस्ने ३२ वर्षीय दिन दयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।
अपरिचित व्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ । हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ ।
गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया