बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिए

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका बताइएको छ । सोमवार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ संक्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सोमवार चीनमा १७ जना नयाँ संक्रमित भेटिएका छन् भने यो २४ घण्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् । केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना संक्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?