बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

बाँके । बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण भएको छ ।

दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रवारसम्म ३२९ कोरोना संक्रमितमध्ये ६२ महिला छन् । तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् ।

बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ ।

संक्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताए ।

संक्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेसन निर्माणमा करीब एक लाख ५० हजार रुपैयाँ बर्दिया जिससले व्यहोरेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?