प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

गण्डकी । सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरण अन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो । संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल एक लाख दुई हजार ४१० बराबरको सामग्री प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीमा रोगले भन्दा पनि मनोरोगले सबैलाई आक्रान्त पारेको बताउँदै संस्थाका तर्फबाट त्यसमा थप सहजीकरण गर्ने बताए। विभिन्न माध्यमबाट कोरोना भाइरसको नकारात्मक धारणालाई चिर्दै सर्वसाधारणले रोगसँग लड्ने हौसला बढाउनुपर्ने आवश्यकता उनले औँल्याए । प्रहरी उपरीक्षक श्रेष्ठले नेलम्बो नेपालले सराहनीय कार्य गरेको चर्चा गर्दै संस्थालाई स्वास्थ्य सुरक्षा एवं सचेतनालगायतका थप क्रियाकलाप गर्न आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?