काठमाडौं । भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च संक्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७९ हजार ४५७ जना संक्रमित थपिएका छन्।
यसअघि १७ जुलाईमा एकैदिनमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो। भारतमा आईतवार मात्रै ९६० जनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ३६ लाख १९ हजार १६९ जनालाई संक्रमण भएको छ भने ६४ हजार ६१७ जनाको मृत्यु भएको छ ।
त्यस्तै २७ लाख ७२ हजार ९२८ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जना उपचाररत छन् ।
भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसका कारण विश्वमा ८ लाख ५० हजार ५०३ जनाको मृत्यु भएको छ भने २ करोड ५३ लाख ८२ हजार ७७४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ७७ लाख ४ हजार ८३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया