कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वमा ८ लाख ५० हजार ५०३ जनाको मृत्यु भएको छ भने २ करोड ५३ लाख ८२ हजार ७७४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७७ लाख ४ हजार ८३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६४ हजार ६१७ जनाको मृत्यु भएको छ भने ३६ लाख १९ हजार १६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २७ लाख ७२ हजार ९२८ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । यसैबीच भारतमा आईतवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतमा आईतवार ७९ हजार ४५७ जना संक्रमित थपिएका हुन् भने ९६० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?