मन्त्रिपरिषद् बैठक : यी क्षेत्र खुला नगर्ने सरकारको निर्णय

सरकारले कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै लामो दूरीको यातायात, शिक्षण संस्थालगायतका विभिन्न क्षेत्र बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको छ । सरकारको निर्णयअनुसार भदौ मसान्तसम्म ती क्षेत्र बन्द नै रहनेछ ।

एक मन्त्रीका अनुसार होटल तथा रेष्टुरेण्टको सेवा टेक अवेमात्रै हुनेछ भने स्थानीय स्तरबाट हुने निषेधाज्ञा तथा कर्फ्यूबाहेक कार्यलयहरुको सेवामा अनलाइनमा जोड दिने सरकारले निर्णय गरेको छ ।

सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएको हुँदा धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्‍चालन नगर्ने नगराउने निर्णय पनि सरकारले गरेको छ ।

यसबाहेकयसैगरी शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर,, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्‍जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्‍चालन पनि निषेधकै अवस्था रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?