काठमाडौं । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्र २ सय २७ कोरोना संक्रमितको संख्या थपेसंगै प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले पछिल्लो २४ घण्टामा ५६ महिला र १ सय ७१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ महिला सहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा ७१, पर्सामा ४९, महोत्तरीमा ३५, सर्लाहीमा ३५, बारामा ३०, सप्तरीमा ४, सिरहामा २ र रौतहटमा १ जना संक्रमित भएको प्रदेश स्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ । संक्रमित मध्ये ८ हजार ५ सय १५ पुरुष र १ हजार ५ सय ७ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए । यस्तै २ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया