प्रदेश नं २ मा कोरोनाबाट थप २ को मृत्यु, २२७ संक्रमित थपिए

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै २२७ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा सप्तरीमा एक ६० वर्षीया महिला र रौतहटमा एक ३० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८६ जनाको मृत्यु भइसकेको हो ।

सोही अवधिमा सप्तरीमा चार, सिरहामा दुई, धनुषामा ७१, महोत्तरी र सर्लाहीमा ३५/३५ जना, रौतहटमा एक, बाराबाट ३० र पर्सामा ४९ जना गरी २२७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । आज थपिएका सङ्ख्यासमेत गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार २२ पुगेको छ । सोमध्ये आज ११४ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ८४९ पुगेको छ ।

यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टाइनमा ६९८ जना बसेका छन् भने होम क्वारेन्टाइनमा दुई हजार ५७२, आइसोलेसनमा एक हजार ३२ र होम आइसोलेसनमा चार हजार ५५ जना रहेको सो मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?