नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाको विवरण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । नेपालमा हालसम्म कोरोनाको कराण २ सय २१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्र थप १४ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कुल संक्रमितको ५४ प्रतिशत अर्थात २० हजार ८ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र देशभरबाट २ सय ६७ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । जसमध्ये १० हजार ६ सय १२ जना संस्थागत र ६ हजार ९ सय ७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षणहरु भएका छन् । भने नेपालमा हाल ७ हजार ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

कुन जिल्लामा कति छन् संक्रमित ?

 

 

एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् ।

मृत्यु हुने महिलाहरुमा सुनसरीकी ७४ वर्षीय, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया गरी ४ जना महिलाहरु रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषहरुमा सुनसरीको ६० वर्षीय, मोरङको ६२ वर्षीय, महोत्तरीको ७० र ३५ वर्षीय गरी २ जना रहेका छन् । त्यस्तै रौतहटको ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५ वर्षीय, नवलपरासीको ६२ र रुपन्देहीको ५७ र ६७ वर्षीय पुरुषको कोरोनाको कारण निधन भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

हाल नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिवार मात्र नेपालमा कोरोनाको कारण १२ जनाको मृत्यु भएको थियो ।

 

काठमाडौं उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकामा थपिएको यो सबैभन्दा बढी संख्या हो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ ।

 

यस्तो छ कोरोना मुक्त हुनेहरुको प्रादेशीक विवरण

नेपालमा बितेको २४ घण्टामा थप २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ८ सय २२ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ५४ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश १ मा १५६९ जना

प्रदेश २ मा ४७४३ जना

वाग्मती प्रदेश १०२३ जना

गण्डकी प्रदेशमा १७०७ जना

प्रदेश ५ मा ४८४९ जना

कर्णाली प्रदेशमा २०८३ जना

सुदूरपश्चिम प्रदेशमा ४८४८ जना

 

हाल एक जना पनि कोरोना संक्रमित नभएका यी २ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् । २ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका २ जिल्ला

  • मुस्ताङ
  • हुम्ला

५०० भन्दा बढी सकिय्र संक्रमित रहेका जिल्लाको संख्या ११ पुग्यो

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हाल नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • काठमाडौं
  • ललितपुर
  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • मोरङ
  • बारा
  • सर्लाही
  • धनुषा
  • चितवन
  • रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?