कोरोनाको प्रकोप : अमेरिकामा रोकिएन महामारी

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ४६ हजार ६३१ जनाको मृत्यु भएको छ भने २ करोड ५१ लाख ६२ हजार ६६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८६ हजार ८५५ जनाको मृत्यु भएको छ भने ६१ लाख ३९ हजार ७८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३४ लाख ८ हजार ७९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४३ हजार ४२४ जना उपचाररत छन् ।

त्यस्तै १६ हजार २५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख २ हजार ४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १२ हजार ७८८ जनाको मृत्यु भएको छ भने ६ लाख ३५ हजार ८९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६ लाख १९ हजार ३ जनालाई कोरोना संक्रमण भएको छ भने ११ हजार ११० जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा शनिवार मात्रै ४२ हजार ८४३ जना नयाँ संक्रमित थपिएका छन् भने ९५४ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?