१० वर्षीया बालिकाको अण्डासयमा ट्युमर, बीपीमा भयो सफल उपचार

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश वर्षीया बालिकाको अण्डासयको दुरविन प्रविधिबाट सफल उपचार गरिएको छ।

एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुबै अण्डासयको १०×१५ सेन्टिमिटरको ट्युमर रहेको पुष्टि भएको थियो।

यसलगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबीन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

डा अजय अग्रवाल र डा मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेको हो। प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानमा यस अघि यस किसिमको शल्यक्रिया बच्चामा भएको थिएन। ‘दुरबीन प्रविधिवाट गरिने शल्यक्रिया सामान्य तय महङ्गो हुने गर्दछ ।

यस प्रविधिमा विशेष उपकरण र शीपको आवश्यकता चाहिन्छ ।’, डा सापकोटाले भने ।

अस्पतालका अनुसार बालिकाको अवस्था सुधारोन्मुख रहेको छ भने आजै डिस्चार्ज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?