सुर्तीसहित बोलेरो जिप बरामद

कैलाली । कैलालीमा प्रहरीले शनिवार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी दुई लाख ३० हजार रुपैयाँ बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बरामद सुर्तीसहित बोलेरो जिप आवश्यक कारवाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको बताइएको छ ।

त्यसैगरी प्रहरीको सोही टोलीले धनगढी–२ कृष्णनगर टोलबाट भन्सार छली ल्याइएका पाँच बोरा जिरा र ७०० प्याकेट सुपरपावर सुर्तीसमेत बरामद गरी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?