काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ४६ हजार ६३१ जनाको मृत्यु भएको छ भने २ करोड ५१ लाख ६२ हजार ६६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६३ हजार ६५७ जनाको मृत्यु भएको छ भने ३५ लाख ३९ हजार ७१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा २७ लाख १२ हजार ५२० जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । भारतमा शनिवार मात्रै हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भएका छन् ।
भारतमा शनिवार ७८ हजार ४७२ जना संक्रमित थपिएका छन् भने ९४४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया