कोरोना विश्व अपडेट : ८ लाख ४४ हजार नाघे मृतक, कति पुगे संक्रमित ? (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ४४ हजार ३ सय ३० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५० लाख ६८ हजार ९ सय १२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७४ लाख १२ हजार ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८६ हजार ३ सय ८२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार १ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख १७ हजार ३ सय ७६ पुगेको छ । हालसम्म ३३ लाख ८१ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३८ लाख १९ हजार ७७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २० हजार २५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ७९ हजार ७ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ४ सय ३१ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ४१ पुगेको छ । बितेको २४ घण्टामा ७४ हजार १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३५ लाख ३५ हजार ४ सय ३५ पुगेको छ । हालसम्म २७ लाख ९ हजार ९ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय २८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार २५ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ४१ जनामा कोरोना पुष्टि भएको र १ सय ११ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ८५ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ४ हजार ३ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय ४३ पुगेको छ । हालसम्म ६ लाख २० हजार १ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ३३ हजार ९ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २८ हजार ४ सय ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख २९ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ३८ हजार १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ३८ पुगेको छ । हालसम्म कोरोनाको कारण ६३ हजार १ सय ४६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ५२ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ४ हजार ६ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार २ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ८१ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ८ हजार ९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८१ हजार १ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा २ हजार ३७ जनामा कोरोना पुष्टि भएको र ४९ जनाको ज्यान गएको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ११ पुगेको छ । हालसम्म ४ लाख ३० हजार ५५ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?