अमेरिकामा कोरोना भयावह : बितेको २४ घण्टामै थपिए २१ हजार बढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ४४ हजार १ सय ३५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५० लाख ६१ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ७४ लाख ७ हजार ५ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८६ हजार ३ सय ८२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार १ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख १७ हजार ३ सय ७६ पुगेको छ ।

हालसम्म ३३ लाख ८१ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?