काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल विश्वको ६२ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म ३७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २० हजार ५ सय ५५ जना अर्थात कुल संक्रमितको ५५ प्रतिशत कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म कोरोनाको कारण २ सय ७ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १२ जनाको कोरोनाको कारण ज्यान गएको हो ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ८ लाख ४३ हजार १ सय २० जनाको ज्यान गइसकेको छ । हालसम्म विश्वभर ५० लाख १५ हजार ९ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हालसम्म १ करोड ७३ लाख ८२ हजार ७ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया