१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार !

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।

प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार, १२ अर्ब खोइ ?, जनता कहिलेसम्म लाचारः खोइ निशुल्क पीसीआर ? लगायत नारा लगाउँदै सरकारको चर्को आलोचना गरेका छन्।

अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो । त्यस्तै काठमाडौंमा उक्त अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?