बझाङ । जिल्लाको मष्टा गाउँपालिका वडा न २ नौरामा करिब ४ सय घरधुरी भएको लाभान्वित हुने सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन भएको छ ।
उक्त भवनको उद्घाटन पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज भानुभक्त जोशीले गरेका हुन् ।

उक्त भवन निर्माणको लागि स्थानीयबासिले ५ रोपनी जग्गा अनुदान दिएका छन् । राम रोकाया, भक्त रोकाया किथवि रोकाया र राम रोकायाले भवन निर्माणको लागि जग्गा हस्तान्तरण गरेका हुन् ।

आफ्नो वडामा स्वास्थ्य चौकी निर्माण हुने भएपनि त्यहाँका स्थानीयमा खुसीयाली छाएको छ ।
उक्त भवन उद्घाटन कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष मीन कुवर, सचिव दमन भण्डारी जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र खड्का, मष्टा गाउँपालिका अध्यक्ष कर्ण कठायत तथा जिल्ला कमिटी विभिन्न नेताहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया