मुख्यमन्त्रीको घर अगाडि आमाछोरीको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा आमा छोरीको हत्या भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आवास अगाडि दुई जनाको हत्या भएको हो ।

लखनउको गौतम पल्लीमा डबल मर्डर भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एक दिन पहिला मात्र वाराणासीमा दुई जनाको हत्या भएको थियो ।

त्यसको भोलिपल्टै लखनउमा आमाछोरीको गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?