काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ द्दण्टामा मृत्यु भएका १२ जनामा ६ जना उपत्यकाका मात्रै रहेका छन् । जसमा २ जना महिला र ४ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेहरुमा भक्तपुरकी ६२ वर्षीया महिला र काठमाडौंकी ५१ वर्षीया महिला रहेका छन् भने मृत्यु हुने पुरुपाहरुमा काठमाडौंका ८३ वर्षीय एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षीय दुई पुरुष र भक्तपुरका ८२ वर्षीय एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ललितपुरका दुई पुरुष, काठमाडौंका एक महिला र एक पुरुष, त्यस्तै भक्तपुरका एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरको ६२ वर्षीया एक महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा पुरुषहरुमा पर्साका ४८ र ३९ वर्षीय २ पुरुष, सिरहामा ८३ वर्षीय पुरुष, गोर्खामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन् ।
यसैबीच नेपालमा आज (शनिवार) थप ८८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।
नेपालमा हिजो (शुक्रवार) ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया