काठमाडौं । महोत्तरीमा थप २ जनामा कोरोना संक्रमितको मृत्यू भएको पुष्टि भएको छ ।
शनिबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ बस्ने एक ३५ वर्षिय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ बस्ने ७० वर्षीय पुरुषमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।
उपचारको क्रममा बर्दिबासमा भर्ना रहेका पिपरा गाउँपालिकाका ७० वर्षिय पुरुषलाइ थप उचपारको लागि शनिबार बिहान जनकपुर स्थित प्रादेशिक अस्पताल ल्याइएपछि बिहानै उनको मृत्यु भएको डा. सिंहले बताए ।
उनले भंगहा नगरपालिकाका एक पुरुषको पनि उपचारकै क्रममा शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको र मृत्यु पछि उनको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया