अब ‘रोबर्ट’ले गर्ने भयो कोरोना टेस्ट !

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अहिले सारा विश्व ग्रस्त छ । यस्तो अवस्थामा वैज्ञानिकहरु टेस्टिङको स्पिड बढाउन भनिरहेका छन् ।

यसैबीच वैज्ञानिकहरुले एक रोबर्ट बनाएका छन् । जसले मानिसको तुलनामा धेरै तीव्र गतिले काम गर्नेछ ।

रोबर्टलाई अटो पाइलट ब्रेन सर्जरी नेभिगेशन सिस्टमवाला टेक्निकबाट तयार गरिएको छ ।

साथै यसमा फेशियल रिकोग्निशन र थ्री डी इमेजिंग टेक्निक पनि प्रयोग गरिएको छ । यो रोबर्ट ताइवानको कम्पनी ब्रेन नावीले बनाएको हो ।

वैज्ञानिकका अनुसार यो रोबर्टले कोरोना संक्रमितको नाकको स्वाब लिएर कोरोना टेस्ट गर्नेछ ।

मानिसलाई १५ मिनेट लाग्ने समयको काम यसले ५ मिनेटमै गर्ने वैज्ञानिकले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?