भारतमा एकैदिनमा ७६ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित भएको जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै भारतमा शनिवार विहानसम्म संक्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल संक्रमित मध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?