काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले चिकित्सकहरु माथिको दुर्व्यवहार निन्दनीय भएको बताउदै यस्तो व्यवहार नगर्न सबैलाई आग्रह गरेकी छन् ।
शनिवार आफ्नो फेसबुक लाइभमा बोल्दै समाजसेवी गुरुङले बानेश्वरमा भएको चिकित्सकहरु माथिको दुव्र्यवहार एउटा प्रतिनिधि घटना भएकोले यसलाई उदाहरणका रुपमा लिएर महामारीमा खटिएका चिकित्सकहरुलाई मानवीयता देखाउन आग्रह गरेकी हुन्।
गुरुङले भने, ‘हामीलाई बचाउनका लागि खटिरहने चिकित्सकहरुलाई हौसला दिनु पर्छ ।’
त्यस्तै अध्यक्ष गुरुङले कोरोना लागेका विरामीहरुलाई असल व्यवहार गरेर आत्मबल बढाईदिनु पर्ने, सामाजिक व्यवहार गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
बिरामीहरुलाई असल व्यवहार गरेर मनोबल बढाउने वातावरण तयार गर्न सकियो भने त्यसले सकारात्मक फाइदा पुग्ने अध्यक्ष गुरुङको धारणा रहेको छ ।
अध्यक्ष गुरुङको नेतृत्वमा रहेको संस्कार समाज नेपालले विगत तीन वर्षदेखि विविध जनचेतनामूलक सरसफाई कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
प्रत्येक शनिवार नियमित श्रृङ्खलाका रुपमा देशका विभिन्न स्थानहरुबाट जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको संस्थाले कोभिड–१९ का कारण आफ्ना कार्यक्रमहरु स्थगित गरेको छ भने अध्यक्ष गुरुङले भने सोही अभियानको निरन्तरता स्वरुप प्रत्येक शनिवार विहान ८ बजे फेसबुक लाईभ मार्फत आफ्नो संस्थाका धारणाहरु र समसामयिक विषयवस्तुमा आफ्नो विचारहरु आफ्ना अभियन्ताहरु माझ राख्दै आईरहेकी छन् ।
https://www.facebook.com/pashupati.gurung.9/videos/3959347820748335/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया