कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ४१ हजार ३३१ जनाको मृत्यु भएको छ भने २ करोड ४९ लाख ८ हजार ९७५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७२ लाख ९८ हजार ४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार १९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८५ हजार ९०१ जनाको मृत्यु भएको छ भने ६० लाख ९६ हजार २३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ७५ हजार ८३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३४ हजार ४९६ जना उपचाररत छन् ।

त्यस्तै १६ हजार १८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा १२ हजार ८३६ जनाको मृत्यु भएको छ भने ६ लाख ९८ हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ६लाख ३१ हजार ११८ जनालाई संक्रमण भएको छ भने १२ हजार ६६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ६ लाख १५ हजार ८०६ जनालाई संक्रमण भएको छ भने १० हजार ९६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै शुक्रवार मात्रै अमेरिकामा ४९ हजार ६०१ जनालाई संक्रमण भएको छ भने १ हजार १०५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?