काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ३८ हजार ५ सय ५४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४७ लाख ९४ हजार १ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७२ लाख २ हजार ९ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ५ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८५ हजार ३ सय २० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६० लाख ७० हजार ६ सय ३० पुगेको छ । हालसम्म ३३ लाख ५२ हजार २ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार २ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३७ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १८ हजार ९ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ४७ हजार २ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६२ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६२ हजार ६ सय ९१ पुगेको छ । बितेको २४ घण्टामा ७४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३४ लाख ५९ हजार २ सय ९५ पुगेको छ । हालसम्म २६ लाख ४४ हजार ७ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ९७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएको र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ८० हजार ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ९८ हजार ४ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २८ हजार २ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख २१ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख २९ हजार ६ सय ६२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ६ सय २८ पुगेको छ । हालसम्म ६ लाख १८ हजार २ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म ५ लाख ३१ हजार ३ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार २६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ७९ हजार ९ सय १४ पुगेको छ । हालसम्म कोरोनाको कारण ६२ हजार ५ सय ९४ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय १८ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ४ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार २ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३२ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ८ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ४ हजार ९ सय ७२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ७९ हजार ४ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार १२ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ११ पुगेको छ । हालसम्म ४ लाख ५५ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा १५ जनाको कोरोनाको कारण ज्यान गएको छ र ३ हजार ८ सय २९ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया