काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ३८ हजार ५ सय ४७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४७ लाख ९४ हजार १ सय १३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ७२ लाख १ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ५ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८५ हजार ३ सय २० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६० लाख ७० हजार ६ सय ३० पुगेको छ ।
हालसम्म ३३ लाख ५२ हजार २ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार २ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया