काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ६२ औँ स्थानमा रहेको छ । हालसम्म नेपालमा ३६ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टमा मात्र देशभर ९ सय २७ जना संक्रमित थपिएका छन् । त्यस्तै कुल संक्रमितमध्ये २० हजार २ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या १ सय ९५ पुुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ८ लाख ३८ हजार ४ सय ६८ जनाको मृत्युु भएको छ । त्यस्तै २ करोड ४७ लाख ८९ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने हालसम्म १ करोड ७२ लाख १ हजार ७ सय २५ जना कोरोना मुुक्त भइ घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया