काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५६ प्रतिशत अर्थात २० हजार २ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टमा मात्र थप १६९ जना कोरोना मुक्त भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा बितेको २४ घण्टामा थप १२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यससँगै हालसम्म १ सय ९५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
साथै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरिएसँगै कुल परीक्षण ६ लाख ५८ हजार १ सय १० पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा मात्र आज थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?



कोरोनाको कारण थप १२ जनाको मृत्यु, मृतक संख्या १९५ पुग्यो
नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया दुइ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो ।
जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।
प्रदेश १ मा १५३६ जना
प्रदेश २ मा ४५१७ जना
वाग्मती प्रदेश ९६६
गण्डकी प्रदेशमा १६८८जना
प्रदेश ५ मा ४७०८ जना
कर्णाली प्रदेशमा २०२९ जना
सुदूरपश्चिम प्रदेशमा ४७६० जना
यस्तो छ क्वारेन्टाइनमा बस्ने बस्नेको प्रादेशीक विवरण
नेपालमा हाल ८ हजार ९ सय ३९ जना मानिस क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिममा २ हजार ७ सय ५० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ सय ४१ जना रहेका छन् ।

काठमाडौंसहित यी ९ जिल्लामा छन ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
- सर्लाही
- मोरङ
- बारा
- धनुषा
- ललितपुर
एक जना पनि कोरोना संक्रमित नभएका यी २ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् । २ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
- मुस्ताङ
- हुम्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया